राजधानीमा ३३८ सहित थप ११२० मा कोरोना : २५१ को मृत्यु, ४१६४९ संक्रमित, २३२९० डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४१,६४९ पुगेको छ । यीमध्ये २५१ जनाको मृत्यु भैसकेको छ भने २३,२९० जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १८,१०८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी राजधानी उपत्यकामा ३८८ सहित देशभरबाट थप ११२० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यीमध्ये ३२० महिला र ८०० पुरुष रहेका छन् ।

सक्रिय संक्रमितमध्ये १०,४९३ जना संस्थागत आइसोलेसनमा र ७,६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १,११२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् भने थप १२ जना संक्रमितको मृत्यु भएको प्रवक्ता गौतमको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०० जनाभन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा लकडाउन गर्न र ५०० जनाभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्न मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध समेत गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, चितवन र रुपन्देही गरी १२ वटा जिल्लामा यतिबेला ५०० जनाभन्दा बढी सक्रिय संक्रमित छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.17

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.17#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Mercredi 2 septembre 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)