राजधानीमा ४५४ सहित थप १३५९ मा कोरोना : २७१ को मृत्यु, ४४२३६ संक्रमित, २५५६१ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४४,२३६ पुगेको छ । यीमध्ये २७१ को मृत्यु भैसकेको र २५,५६१ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् भने १८,४०४ जना संक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाठौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ गरी राजधानी उपत्यकामा ४५४ सहित देशभरबाट थप १,३५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यीमध्ये ४६४ महिला र ८९५ पुरुष रहेका छन् । सक्रिय संक्रमितमध्ये यतिबेला १०,९४२ जना संस्थागत आइसोलेसनमा छन् भने ७,४६२ जना होम आइसोलेसनमा छन् ।

प्राडा गौतमका अनुसार पछिल्लो २४ घन्टामा १,३५४ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् । पछिल्लो २४ घन्टामा थप १४ जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ । पछिल्ला मृतकमध्ये ४ महिला र १० पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.19

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.19#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Vendredi 4 septembre 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)