राजधानीमा ६९६ सहित थप १४५४ मा कोरोना : ३२२ को मृत्यु, ५१९१९ संक्रमित, ३६६७२ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५१,९१९ पुगेको छ । यीमध्ये ३२२ जनाको मृत्यु भैसकेको छ भने ३६,६७२ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १४,९२५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६२० जना तथा ललितपुर र भक्तपुरमा ३८–३८ जना गरी राजधानी उपत्यकामा ६९६ जनासहित देशभर १,४५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १०,७०१ जनाको पीसीआर परीक्षण गर्दा ४६३ महिला र ९९१ जना पुरुष संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा १ महिला र ४ पुरूष गरी थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये ९७२ जना डिस्चार्ज भएका छन् ।

भिडियाेमा हेर्नाेस् प्रवक्ता गाैतमकाे ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.26

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.26#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Vendredi 11 septembre 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)