राजधानीमा ५९७ सहित थप १०३९ मा कोरोना : ३४५ को मृत्यु, ५४१५९ संक्रमित, ३८६९७ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४५,१५१ पुगेको छ । यीमध्ये ३४५ को मृत्यु भइसकेको छ भने ३८,६९७ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन् र १५,१०९ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी राजधानी उपत्यकामा ५९७ सहित देशभर थप १,०३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९,१८५ जनाको पीसीआर परीक्षण गर्दा १,०३९ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमको भनाइ छ ।

पछिल्लो २४ घन्टामा देशभरका विभिन्न आइसोलेसनबाट १,१७३ जना डिस्चार्ज भएका छन् भने पछिल्लो ४८ घन्टामा थप २३ जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ । यतिबेला कायम सक्रिय संक्रमितमध्ये ७,७३० जना संस्थागत आइसोलेसनमा र ७,३८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् ब्रिफिङको पूर्ण विववरण–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.28

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.28#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 13 septembre 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)