राजधानीमा ५१२ सहित थप ११७० मा कोरोना : ३६० को मृत्यु, ५५३२९ संक्रमित, ३९५७६ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५५,३२९ पुगेको छ । यीमध्ये ३६० जनाको मृत्यु भैसकेको छ भने ३९,५७६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १५,३९३ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी राजधानी उपत्यकामा ५१२ सहित देशभर १,१७० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १०,८७८ जनाको पीसीआर परीक्षण गर्दा यो संख्याका संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घन्टामा ८७९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने थप १५ जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ । हालसम्म कूल ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर भएको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् ब्रिफिङको पूर्ण विवरण–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.29

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.29#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Lundi 14 septembre 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)