राजधानीमा ६७४ सहित थप ११५४ मा कोरोना : ४२७ को मृत्यु, ६५२७६ संक्रमित, ४७२३८ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६५,२७६ पुगेको छ । यीमध्ये ४२७ जनाको मृत्यु भैसकेको छ भने ४७,२३८ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १७,६११ जना सक्रिय संक्रमितको रूपमा आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी राजधानी उपत्यकामा ६७४ सहित देशभर थप १,१५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९,५३३ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमितको पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने यसअघि संक्रमण पुष्टि भएकामध्ये १००५ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितमध्ये ८,९२१ जना संस्थागत आइसोलेसनमा र ८,६९० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.05

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.05#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Lundi 21 septembre 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)