राजधानीमा ६४५ सहित थप १३१३ मा कोरोना : ४२९ को मृत्यु, ६६६३२ संक्रमित, ४८०६१ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६६,६३२ पुगेको छ । यीमध्ये ४२९ जनाको मृत्यु भैसकेको छ भने ४८,०६१ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १८,१४२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । सक्रिय संक्रमित २५ हजार पुग्दा संक्रमणग्रस्त क्षेत्रहरूमा फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले यसअघि नै मन्त्रिपरिषदलाई सिफारिस गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ गरी राजधानी उपत्यकामा ६४५ सहित देशभर १,३१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको निधन भएको र यसअघि संक्रमण पुष्टि भएकामध्ये १,४५५ जना आइसोलेसनबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यतिबेला २२७ जना आईसीयूमा र ३९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् भने ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् र ७ जिल्ला कोरोनाभाइरसको संक्रमुक्त छन् । सक्रिय संक्रमितमध्ये ८,२३७ जना संस्थागत आइसोलेसनमा छन् भने ९,९०५ जना होम आइसोलेसनमा छन् ।

भिडियोमा र्हेनोस् प्रवक्ता गाैतमको ब्रिफिङ–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)