राजधानीमा ८०९ सहित थप १५७३ मा कोरोना : ४७७ को मृत्यु, ७३३९४ संक्रमित, ५३८९८ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७३,३९४ पुगेको छ । यीमध्ये ४७७ जनाको मृत्यु भैसकेको छ भने ५३,८९८ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १९,०१९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ गरी ८०९ सहित देशभर थप १,५७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १०,१२३ जनाको पीसीआर परीक्षण गर्दा ४२४ महिला र १,०४९ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये ८,३२१ जना संस्थागत आइसोलेसनमा र १०,६९८ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा १ महिला र ९ पुरुष गरी थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ८८५ जना आइसोलेसनबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)