राजधानीमा ८१७ सहित थप १३५१ मा कोरोना : ४८१ को मृत्यु, ७४७४५ संक्रमित, ५४६४० डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७४,७४५ पुगेको छ । यीमध्ये ४८१ जनाको मृत्यु भैसकेको छ र ५४,६४० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने १९,६२४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी ८१७ सहित देशभर १,३५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १०,०८० जनाको पीसीआर परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये ७४२ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितमध्ये ८,६९५ जना संस्थागत आइसोलेसनमा छन् भने १०,९२९ जना होम आइसोलेसनमा छन् । यीमध्ये २२५ जना आईसीयूमा र ३१ जना भेल्टिलेटरमा उपचाररत छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)