राजधानीमा ९३४ सहित थप १५१३ मा कोरोना : ४९१ को मृत्यु, ७६२५८ संक्रमित, ५५३७१ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७६,२५८ पुगेको छ । यीमध्ये ४९१ जनाको मृत्यु भैसकेको छ भने ५५,३७१ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २०,३९६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितमध्ये ९,६८९ जना संस्थागत आइसोलेसनमा र १०,७०७ जना होम आइसोलेसन रहेको स्वास्स्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ गरी राजधानी उपत्यकामा ९३४ सहित देशभर थप १,५१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १०,८९२ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमितहरूको पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा ३ महिला र ७ पुरुष गरी थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये थप ७३१ जना डिस्चार्ज भएका छन् । यतिबेला देशभर ६,७७८ जना क्वारेन्टाइनमा रहेका छन् । देशभर २१३ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचाररत छन् । हाल राजधानी उपत्यकाका ३ जिल्लासहित देशका विभिन्न ७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ताको ब्रिफिङ–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)