एकैदिन ३४३९ मा कोरोना, राजधानीमै १६८४ : मृत्यु ५७८, संक्रमित ९४२५३, डिस्चार्ज ६८६६८ (सूची र भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९४,२५३ पुगेको छ । यीमध्ये ५७८ जनाको मृत्यु भैसकेको छ भने ६८,६६८ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २५,००७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौमा १,२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ गरी राजधानी उपत्यकामा १,६८४ सहित देशभर थप ३,४३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १४,२०९ जनाको पीसीआर परीक्षण गर्दा १,२६१ महिला र २,१७८ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १,१२६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितमध्ये १४,४११ जना होम आइसोलेसनमा र १०,५९६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ११,१३,४८५ जनाको पीसीआर परीक्षण गरिसकिएको मन्त्रालयको भनाइ छ । २५ हजार सक्रिय संक्रमित पुग्नासाथ संक्रमणग्रस्त क्षेत्रहरूमा लकडाउन गर्न यसअघि नै स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा सिफारिस गरिसकेकाे छ र बुधबार त्याे संख्या पुगेकाे छ ।

भिडियोमा हेर्नोस् प्रवक्ताको ब्रिफिङ–

तालिकामा हेर्नोस् कोरोना अपडेट–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)