३ संक्रमित थपिए, थप २ निकाे भए : कोरोना संक्रमित ४५, निको हुने ७ पुगे

होलिस्टिक संवाददाता

बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबारै थप दुई जना संक्रमित निको भएर फर्किएका छन् । अब कोरोना संक्रमण निको हुनेको संख्या सात पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा बुधबार ण्कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार पुष्टि भएका संक्रमितहरु पनि त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरस्थित नुरी मस्जिदमा बसेका जमातीहरुको समूहकै सदस्य भएको उनले बताए ।

त्यसैगरी, बुधबार थप दुई जना कोराना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबारसम्म कोराना जित्ने नेपालीको सङ्ख्या सात पुगेको छ । पाँच जना भने यसअघि नै निको भएर फर्किसकेका छन् ।

टेकु अस्पतालमा उपचाररत धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचाररत कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर बुधबार घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धादिङका ती युवक नेपालका तेस्रो संक्रमित हुन् । उनी १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी ९५३७ विमानमा चैत ६ मा नेपाल आएका थिए । कोरोना संक्रमण पुष्टि भएर चैत १२ मा उनी अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)