एकै दिन थपिए १० संक्रमित : नेपालगञ्जमा ९, वीरगञ्जमा १, कूल संक्रमित ६९

होलिस्टिक संवाददाता

नेपालमा फेरि एकै दिन कोरोनाभाइरस (कोभिड– १९) का दस संक्रमित थपिएका छन् । हालसम्म ५९ जना संक्रमित रहेकामा आइतबार एकै दिन यो संख्या ६९ पुगेको छ ।

आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका– ३, छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पुष्टि गरेका थिए । त्योसँगै कोरोना संक्रमितको संख्या ६० पुगेको थियाे ।

लगत्तै आइतबार साँझपख बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमणको पुष्टि भयो । यससँगै संक्रमितको संख्या आइतबार (२१ वैशाखमा) एकै दिन ५९ बाट ६९ पुगेको छ ।

नेपालगञ्जमा गरिएको परीक्षणमा ५ पुरुष र ४ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको र उनीहरु ७ देखि ५८ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)