८२ पुगे कोरोना संक्रमित, नेपालगञ्जमै भेटिए थप ७ जना

होलिस्टिक संवाददाता

लकडाउनको ४३ औं दिनसम्म आइपुग्दा मंगलबार बिहानसम्म नेपालभित्र पुष्टि भएका कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको परीक्षणको मंगलबार बिहान प्राप्त रिपोर्टअनुसार ७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा मंगलबार बिहान जारी विज्ञप्तिमा जनाइएअनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज– ८ का २२, ३० र ४० वर्षका पुरुष तथा ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका ८२ मध्ये १६ जना यसअघि नै निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)