९९ पुगे कोरोना संक्रमित, एकै दिन १७ नयाँ, २ महिने शिशु पनि

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार एकै दिन थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको हो । यो संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ जना पुगेको हो । १० पुरुष र ७ महिला गरी १७ जनामध्येका एक भने दुईमहिने शिशु समेत रहेका छन् । संक्रमितहरु सबै वीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)