२४३ पुगे कोरोना संक्रमित : बुधबार थपिए २४ जना

होलिस्टिक संवाददाता

बुधबार साँझसम्मको विवरणअनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २४ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा ९ पुरुष र ३ महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष र १ महिला तथा नवलपरासीमा १ एक पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा बुधबार साँझ जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको समेत डा. अधिकारीले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)