२९१ पुगे कोरोना संक्रमित

बिहानै थप १० जना संक्रमितको पुष्टि

होलिस्टिक संवाददाता

नेपालमा फेरि थप १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारै बिहानै जानकारी गराएको छ । यो संख्यासँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहान सवा सात बजे प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

पछिल्ला संक्रमितहरुमा रौतहटको राजपुर नगरपालिका फरहदवा– ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय तथा रौतहटको इशनाथ नगरपालिका– ३ र ५ का २८, ३० र ३३ वर्षीय गरी सबै जना पुरुषहरु नै रहेको डा. अधिकारीले जनाएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)