३०४ पुगे कोरोना संक्रमित : फेरि थपिए ९ जना, २ काे मृत्यु, ३६ निकाे

होलिस्टिक संवाददाता

सोमबार बिहान नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

रौतहटको इशनाथ नगरपालिका– २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधवनारायण नगरपालिका– ३ की २८ वर्षीया महिला र बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहान ८ः४५ मा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो विवरणसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । यीमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर डिस्चार्ज भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)