४५३ संक्रमित, ४९ निको, ३ को मृत्यु (भिडियाेसहित)

होलिस्टिक संवाददाता

पालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमित ४५३ पुगेका छन् । बिहीबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जनाएअनुसार कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने निको भई डस्चिार्ज हुनेको संख्या ४९ पुगेको छ ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको डा. देवकोटाले बताए । रुपन्देहीका २७ वर्षीय पुरुष र झापाका ८ जना पुरुषहरु गरी ९ जना पछिल्ला संक्रमित रहेको उनले बताए । हालसम्म ३८ जिल्लामा संक्रमित भएको उनको भनाइ छ ।

प्रदेश– १ मा ८४, प्रदेश– २ मा १३६, बागमती प्रदेशमा २६ जना, गणडकी प्रदेशमा ४ जना, प्रदेश– ५ मा १९७, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी हालसम्म कूल ४५३ जना संक्रमितको संख्या रहेको उनले बताए । डा. देवकोटाका अनुसार बिहीबारै थप ४ जना निको भई डिस्चार्ज भएका छन् । यो संख्यासहित निको भई घर फर्कनेको संख्या ४९ पुगेको हो ।

भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.08

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.08#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Jeudi 21 mai 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)