५०७ पुगे संक्रमित : शुक्रबारै थपिए ५०, डिस्चार्ज भए ७० (भिडियाेसहित)

होलिस्टिक संवाददाता

शुक्रबारै नेपालमा थप २० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि बिहान पनि ३० जनामा पुष्टि भएको थियो । पछिल्लो विवरणअनुसार संक्रमितको कूल संख्या ५०० नाघेको छ । हालसम्म नेपालमा संक्रमित संख्या ५०७ पुगेको छ ।

पछिल्लो अपडेटअनुसार सेती प्रादेशिक अस्पतालमा ३, डडेलधुरामा १, बैतडीमा १, मोरङमा १ र बाँकेमा १४ गरी २० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार दिउँसो साढे ४ बजेको नियमित मेडिया ब्रिफिङमा जानकारी दिएका हुन् ।

मन्त्रालयले जनाएअनुसार यसअघि नै कोरोनाभाइरसको संक्रमण पुष्टि भएकामध्ये ७० जना उपचारपछि निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Vendredi 22 mai 2020

५०७ पुगे संक्रमित : शुक्रबारै थपिए ५०, डिस्चार्ज भए ७० (भिडियाेसहित)” माथि प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)