५१६ पुगे कोरोना संक्रमित : शुक्रबार ५९ थपिए

होलिस्टिक संवाददाता

शुक्रबार मात्रै नेपालमा कोरोनाभाइरसका ५९ जना नयाँ संक्रमित थपिएका छन् । बिहान ३० जना, दिउँसो २० जना र साँझ ९ गरी ५९ जनामा संक्रमण पुष्टि भएसँगै कोभिड– १९ का कूल संक्रमितको संख्या ५१६ पुगेको छ ।

साँझ पुष्टि भएका ९ संक्रमितमा बाराका ६ जना पुरुष र सप्तरीको बलान बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा भक्तपुर र मकवनापुरका एक–एक जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बारा सिमरनगढ नगरपालिकाका २२ देखि ४५ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार हेटौंडाकी ५४ वर्षीया र भक्तपुर नगरपालिका– ९ की ४२ वर्षीया महिलामा संक्रमण देखिएको हो ।

यसअघि मन्त्रालयले साढे ४ बजे दिएकाे जानकारीअनुसार संक्रमितकाे संख्या ५०७ थियाे । त्यसयता फेरि थप ९ जनामा संक्रमण पुष्टि भएकाे हाे । हालसम्म ७० जना संक्रमित भने निकाे भएर अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । काेभिड– १९ काे संक्रमण पुष्टि भएका ३ जनाकाे मृत्यु समेत भैसकेकाे छ ।

थप याे पनि पढ्नुहाेस्–
५०७ पुगे संक्रमित : शुक्रबारै थपिए ५०, डिस्चार्ज भए ७० (भिडियाेसहित)

५१६ पुगे कोरोना संक्रमित : शुक्रबार ५९ थपिए” माथि प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)