५४८ पुगे कोरोना संक्रमित : शनिबार बिहानै थपिए ३२ जना

होलिस्टिक संवाददाता

शनिबार बिहानै ३२ जना नयाँ कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको पुष्टि भएको छ । यो विवरणसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ५४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार बिहान ८ः४० मा जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार कपिलवस्तुमा ७ पुरूष र एक महिला गरी आठ, सर्लाहीमा १३ पुरूष, बारामा एक महिला, काठमाडौंमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष र चितवनमा १ पुरूष गरी ३२ जना नयाँ संक्रमितहरूको पुष्टि भएको हो ।

याे समाचार पनि पढ्नुहाेस्–
५१६ पुगे कोरोना संक्रमित : शुक्रबारै थपिए ५९ जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)