६०३ पुगे संक्रमित : ८७ निको भए, थप १९ मा काेराेना पुष्टि (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३ पुगेको छ । आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । त्यसैगरी, यसअघि संक्रमण पुष्टि भएकामध्ये थप ८ जना डिस्चार्ज भएसँगै कोरोनाभाइरस जितेर निको हुनेको संख्या ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्न नियमित मेडिया ब्रिफिङमा यो जानकारी गराएका हुन् । आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौं, कपिलवस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बारदशी– २ का ४५ वर्षीय पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराको कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा ठेगाना भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष तथा रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको प्रवक्ता डा. देवकोटाले बताए ।

यसैगरी, काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोटको ककनीका ३९ वर्षीय पुरुष तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका २३, ३३ र ४० वर्षीय पुरुष, कपिलवस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुष र गुल्मीका ३१ वर्षीय पुरुषमामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

नेपालमा हालसम्म संक्रमण पुष्टि भएका ६०३ (पुरूष ५२४ र महिला ७९) मध्ये ८७ जनालाई निको भैसकेको छ, ३ जनाको मृत्यु भएको छ र ५१३ जना सामान्य अवस्थामा उपचाररत छन् ।

भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 24 mai 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)