६७५ पुगे संक्रमित : थपिए ७२, निको भए १०५, मृत्युकाे ८ दिनपछि कोरोना पुष्टि

होलिस्टिक संवाददाता

नेपालमा कोभिड– १९ (कोरोनाभाइरस) का संक्रमितको कूल संख्या ६७५ पुगेको छ । सोमबार बिहान थप ७२ जनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

यसअघि संक्रमण पुष्टि भएर उपचाररतमध्ये निको भएर डिस्चार्ज हुनेको संख्या पनि थपिएको छ । हालसम्म डिस्चार्ज भई घर जानेको संख्या १०५ पुगेको छ । त्यसैगरी, ८ दिनअघि मृत्यु भएका बाराका एक वृद्धमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मृत्यु भएका ती वृद्धको अन्तिम संस्कार समेत भइसकेकाले यो पुष्टिसँगै हंगामा भएको छ ।

नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेको सोमबार बिहान पौने ११ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अघिकारीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

६७५ पुगे संक्रमित : थपिए ७२, निको भए १०५, मृत्युकाे ८ दिनपछि कोरोना पुष्टि” माथि प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)