२३०० पुगे संक्रमित : २०१ थपिए बुधबार, २७८ निको भए, मृतक ९ पुगे (भिडियाेसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या २३०० पुगेको छ । पछिल्लो २४ घन्टामा थप २०१ जनामा कोभिडको संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या यति पुगेको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९ पुगेको छ । बुधबार कोभिड– १९ का कारण दोलखाका ७६ वर्षीय पुरुषको काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

बुधबारको नियमित मेडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार बुधबार थप १२ जना यसअघिका संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो विवरणसँग कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ ।

भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.21

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.21#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Mercredi 3 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)