२६३४ पुगे संक्रमित : बिहीबार थपिए ३३४, डिस्चार्ज भए २९०, मृतक संख्या १० पुग्यो (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का कूल संक्रमितको संख्या २६३४ पुगेको छ । यीमध्ये २४५० पुरूष र १८४ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोनाभाइरसका संक्रमितको पुष्टि भएसँगै यो संख्या पुगेको हो । यीमध्ये ३१९ पुरूष र १५ महिला रहेका छन् ।

डा. देवकोटाले दिएको जानकारीअनुसार यसअघि कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये बिहीबार अपराह्नसम्म २३४ पुरुष र ५६ महिला गरी कूल २९० जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी, २० गते पाल्पाका ४५ वर्षीय पुरूषको मृत्यु भएकाामा उनमा कोरोना पोजेटिभ रहेको बिहीबार पुष्टि भएको छ । यो विवरणसँगै नेपालमा कोरोनाभाइरसबाट निधन भएकाको कूल संख्या १० पुगेको छ ।

विस्तृत जानकारीका लागि हेर्नोस् भिडियो–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.22

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.22#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Jeudi 4 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)