२९१२ पुगे संक्रमित : शुक्रबार थपिए २७८, डिस्चार्ज भए ३३३ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या २९१२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २७८ जनामा कोभिड– १९ को पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालका आइसोलेसनमा रहेकामध्ये हालसम्म ३३३ जना निको भएर घर फर्किएका छन् । यतिबेला कूल २ हजार ५ सय ६८ जना देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा उपचारत छन् ।

हालसम्म पीसीआर विधिबाट कूल ८८ हजार ३ सय ६६ जनाको परीक्षण भएको र यतिबेला १ लाख ६६ हजार ७ सय ६५ जना देशभरका विभिन्न क्वारेन्टाइनमा रहेको जानकारी समेत डा. देवकोटाले दिएका छन् । काेराेनाभाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या समेत ११ जना पुगेकाे छ ।

भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Media Briefing

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.23#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Vendredi 5 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)