३२३५ पुगे संक्रमित : शनिबार थपिए ३२३, डिस्चार्ज हुने ३६५, मृतक संख्या १३ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ३२३५ पुगेको छ । शनिबार मात्र थप ३२३ जनामा संक्रमण पुष्टि भएपछि यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार देशभित्र कोरोनाभायरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ भने यसअघि संक्रमण पुष्टि भएकामध्ये आइसोलेसनबाट डिस्चार्ज हुनेको कूल संख्या ३६५ पुगेको छ ।

आइसोलेसनमा रहेकामध्ये शनिबार थप ३२ जना संक्रमणमुक्त डिस्चार्ज भएको जानकारी उनले दिए । कोरोनामुक्त हुनेहरुमध्ये २९९ पुरुष र ६६ महिला रहेको डा. देवकोटाले बताए । पछिल्लो पटक कोरोनाभाइरसबाट डोल्पाको जगदुल्ला गाउँपालिका– ३ निवासी ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गर्दै योसहित मृतक संख्या १३ पुगेको उनले बताए ।

भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.24

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.24#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Samedi 6 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)