३४४८ पुगे संक्रमित : आइतबार २१३ थपिए, निको भए ४६७ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ३४४८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २१३ जनामा कोभिड– १९ को पुष्टि भएसँगै यो संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालको आइतबारको नियमित मेडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २०९ पुरुष र ४ महिला गरी २१३ संक्रमितको पुष्टि भएको छ ।

यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालमा आइसोलेसनमा रहेकामध्ये यो २४ घन्टामा १०० पुरुष र २ महिला गरी थप १०२ जना निको भएर डिस्चार्ज भएका छन् । यो विवरणअनुसार नेपालमा कोभिड– १९ निको हुनेको कूल संख्या ४६७ पुगेको छ ।

भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.25#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 7 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)