४,६१४ पुगे संक्रमित : बिहीबार थपिए २५०, डिस्चार्ज भए ८६१ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ४,६१४ पुगेको छ । पछिल्लो २४ घन्टामा २५० संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालका आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा ८ महिला र १७९ पुरुष गरी १८७ डिस्चार्ज जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेहरूको कूल संख्या ८६१ पुगेको र तीमध्ये ७७४ पुरूष र ८७ महिला रहेका छन् । पछिल्ला २५० संक्रमितमध्ये २३० पुरूष र २० महिला रहेको जानकारी प्राडा गौतमले दिएका छन् ।

भिडियोमा हेर्नोस् मेडिया ब्रिफिङको पूर्ण विवरण–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.29

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.29#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Jeudi 11 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)