५०६२ पुगे संक्रमित : ४४८ थपिए शुक्रबार, ८७७ कूल डिस्चार्ज, १६ पुगे मृतक (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरस (काेभिड– १९) का संक्रमितको संख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा यसअघिका सबै रेकर्ड तोड्दै एकै दिन ४ सय ४८ नयाँ संक्रमित पुष्टि भएसँगै कूल संक्रमित संख्या संख्या ५ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार कूल संक्रमितमध्ये ४ हजार ७ सय ९ पुरुष र ३ सय ५३ महिला रहेका छन् । शुक्रबार पुष्टि गरिएका ४४८ संक्रमितमध्ये २४ महिला र ४ सय २४ पुरुष रहेका छन् ।

कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु पुष्टि हुँदा कूल मृतक संख्या १६ पुगेको छ । त्यस्तै, शुक्रबार १६ जना डिस्चार्ज हुँदा यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या ८ सय ७७ पुगेको छ । अहिले ४ हजार १ सय ६९ संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

हालसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ जनाको नमूना परीक्षण भएको छ । त्यस्तै, यतिबेला देशभर १ लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा रहेका छन् ।

भिडियोमा हेर्नोस् ब्रिफिङको पूरा विवरण–

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.30

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.30#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Vendredi 12 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)