५७६० पुगे संक्रमित : आइतबार थपिए ४२५, डिस्चार्ज भए कूल ९७४, कूल मृतक १९ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ५,७६० पुगेको छ । पछिल्लो २४ घन्टामा ३७५ पुरुष र ५० महिला गरी थप ४२५ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर देवकोटाले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार कूल संक्रमितमध्ये ५३२४ पुरुष र ४३६ महिला छन् ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा ६ महिला र ५५ पुरुष गरी थप ६१ जना डिस्चार्ज भएका छन् । यो विवरणसहित ८७७ पुरुष र ९७ महिला गरी डिस्चार्ज हुनेको कूल संख्या ९७४ पुगेको छ ।

गुल्मीका ३६ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको आइतबार पुष्टि गरिएपछि नेपालमा कोभिड– १९ बाट ज्यान गुमाउनेको कूल संख्या १९ पुगेको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ताको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Press Briefing 2077.02.31 #COVID-19

Novel Coronavirus (COVID-19) Press Briefing 2077.02.31#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 14 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)