६,५९१ पुगे संक्रमित : मंगलबार थपिए ३८०, डिस्चार्ज कूल भए १,१५८ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ६,५९१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३८० जना संक्रमितको पुष्टि भएसँगै यो संख्या पुगेको हो । त्यसैगरी, यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या १,१५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार झापा, सुनसरी, पाँचथर, रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ, रोल्पा र सर्लाहीमा गरी थप ३८० मा कोरोनाभाइरस संक्रमित पुष्टि भएका हुन् ।

मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा थप ११७ जना डिस्चार्ज भएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ताको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.02

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.02#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Mardi 16 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)