८,२७४ पुगे संक्रमित : कूल डिस्चार्ज १,४०२, कूल मृतक २२ (भिडियाेसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ८,२७४ पुगेको छ । पछिल्लो २४ घन्टामा ८८ महिला र ३३८ पुरुष गरी थप ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार हालसम्म संक्रमण पुष्टि हुनेमा ७०७ महिला र ७,५६७ पुरुष रहेका छन् । देशका ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा कोभिड– १९ को संक्रमण विस्तारित भैसकेको पनि प्रा.डा. गौतमले बताएका छन् ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये हालसम्म डिस्चार्ज हुनेको कूल संख्या १,४०२ पुगेको छ । पछिल्लो २४ घन्टामा ९ महिला र २०७ पुरुष गरी २१६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या २२ पुगेको छ ।

भिडियोमा हेर्नोस् प्रा.डा. गौतमको ब्रिफिङ–

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.05

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.05#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Vendredi 19 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)