९ हजार नाघे संक्रमित : आइतबार थपएि ४२१, डिस्चार्ज भए कूल १७७२, मृत्यु हुने २३ पुगे (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ९,०२६ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या १७७२ पुगेको छ र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ९ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टाका ४२१ संक्रमितमध्ये ६४ महिला र ३५७ पुरुष रहेका छन् । कूल संक्रमितमध्ये ८२० महिला र ८,२०६ पुरुष रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घन्टामा ८ महिला र १८६ पुरुष गरी १९४ जना डिस्चार्ज भएका छन् । कूल डिस्चार्ज हुनेमध्ये १४९ महिला र १,६२३ पुरुष रहेको प्रा.डा. गौतमको भनाइ छ ।

भिडियाेमा हेर्नाेस् प्रवक्ताकाे ब्रिफिङ–

Press Briefing on COVID-19 2077.03.07

Press Briefing on COVID-19 2077.03.07#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 21 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)