९,५६१ पुगे संक्रमित : सोमबार थपिए ५३५, कूल डिस्चार्ज २,१४८ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ९,५६१ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या २,१४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७४ महिला र ४६१ पुरुष गरी थप ५३५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले जनाएअनुसार नेपालका ७७ जिल्लामध्ये रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ । प्रवक्ता प्रा.डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ । हालसम्म कूल १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको उनको भनाइ छ ।

यतिबेला देशभरका ९० हजार ७ सय ३० जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ७ सय ८९ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

भिडियोमा र्हेनोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.03.08

Press Briefing on COVID-19 2077.03.08#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Lundi 22 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)