१०,७२८ पुगे संक्रमित : बुधबार थपिए ६२९, कूल डिस्चार्ज २,३३८ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १०,७२८ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै थप ६२९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको कूल संख्या साढे १० हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्ला संक्रमितमा ११० महिला र ५१९ पुरुष रहेका छन् । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा
११४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल संख्या २,३३८ पुगेको प्रा.डा. गौतमले बताए ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ६,८२८ जनाको परीक्षण गरीएको छ । हालसम्म पीसीआर परीक्षणको कूल संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको प्रवक्ता गौतमको भनाइ छ । यतिबेला ८ हजार ३ सय ६६ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । हाल ७८ हजार ६ सय ३९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना स.क्रमणबाट २४ जनाको मृत्यु भैसकेको छ ।

भिडियाेमा हेर्नाेस् प्रवक्ता गाैतमकाे ब्रिफिङ–

Press Briefing on COVID-19 2077.03.10

Press Briefing on COVID-19 2077.03.10#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Mercredi 24 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)