११,१६२ पुगे संक्रमित : बिहीबार थपिए ४३४, कूल डिस्चार्ज २,६५०, मृतक २६ पुगे (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ११,१६२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४ सय ३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४८ महिला र ३८६ पुरुष गरी ४३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना डिस्चार्ज भएको पनि प्रवक्ता गौतमले बताए । यो विवरणसँगै डिस्चार्ज हुनेको कूल संख्या २,६५० पुगेको छ । कोरोनाभाइरसबाट मृत्यु हुनेको कूल संख्या २६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभरका २२ वटा प्रयोगशालामा ६,५४३ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी, यतिबेला देशभरका विभिन्न क्वारेन्टाइनमा ७४,०२२ र विभिन्न अस्पतालका आइसोलेसनमा ८,४८६ जना रहेको प्रवक्ता गौतमले बताए ।

भिडियोमा हेर्नोस् प्रा.डा. गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.03.11

Press Briefing on COVID-19 2077.03.11#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Jeudi 25 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)