१२,७७२ पुगे संक्रमित : आइतबार थपिए ४६३, कूल डिस्चार्ज ३,०१३, कूल मृतक २८ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १२,७७२ पुगेको छ । त्यसैगरी, यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या ३,०१३ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिललो २४ घन्टामा १०५ महिला र ३५८ पुरुष गरी ४६३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो विवरणसँगै कूल संक्रमितको संख्या १२,७७२ पुगेको हो ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना डिस्चार्ज भएर घर गएका छन् । यो विवरणसँगै डिस्चार्ज हुनेको कूल संख्या ३,०१३ पुगेको हो । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ४९६२ जनाको र हालसम्म कूल २ लाख १५ हजार ८ सय ३९ जनाको परीक्षण गरिएको छ ।

यतिबेला देशभरका विभिन्न क्वारेन्टाइनमा रहनेको कूल संख्या ६१ हजार ७ सय ३१ र आइसोलेसनमा उपचाररत कूल संक्रमितको संख्या ९ हजार ७ सय ३१ रहेको पनि प्रा.डा. गौतमले जनाएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.03.14

Press Briefing on COVID-19 2077.03.14#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 28 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)