१३,२४८ पुगे संक्रमित : काठमाडौंमा एकै दिन ६ जना, देशभर थपिए ४७६, कूल डिस्चार्ज ३,१३४, कूल मृतक २९ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १३,२४८ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज भई घर फर्कनेको कूल संख्या ३,१३४ पुगेको छ । देशभित्र कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ६ सहित देशका विभिन्न भागमा गरी ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यी संक्रमितमध्ये ११२ महिला र ३६४ पुरुष रहेका छन् ।

आइसोलेसनमा रहेकामध्ये १३ महिला र १०८ पुरुष गरी १२१ जना पछिल्लो २४ घन्टामा डिस्चार्ज भएका छन् ।

भिडियोमा हेर्नोस् मेडिया ब्रिफिङ–

Press Briefing on COVID-19 2077.03.15

Press Briefing on COVID-19 2077.03.15#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Lundi 29 juin 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)