१५,७८४ पुगे संक्रमित : आइतबार थपिए २९४, कूल डिस्चार्ज ६,५४७ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या १५,७८४ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,५४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप २९३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १ सय ३२ जना आइसोलेसनबाट डिस्चार्ज गरिएका छन् । अहिले देशभरका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ भने यतिबेला देशभरका विभिन्न क्वारेन्टाइनमा ३१ हजार ५ सय ७१ जना छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.03.21

Press Briefing on COVID-19 2077.03.21#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 5 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)