आइसोलेसनमा भन्दा डिस्चार्ज धेरै : थपिए काठमाडौंका ६ सहित ८२ संक्रमित, डिस्चार्ज ८५८९, आइसोलेसनमा ८१७४, मृतक ३८ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १६,८०१ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या ८,५ सय ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ५ र ललितपुरका १ सहित देशभर थप ८२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, पछिल्लो २४ घन्टामा १ सय ४७ संक्रमण डिस्चार्ज भएका छन् । हाल आइसोलेसनमा उपचाररत (सक्रिय संक्रमित) को संख्या ८ हजार १ सय ७४ रहेको प्रवक्ता गौतमले बताए ।

देशभरका २५ प्रयोगशालाबाट पछिल्लो २४ घन्टामा ३ हजार ९ सय १६ जनाको परीक्षण भएको छ । यतिबेला २३ हजार ७ सय ८४ जना देशभरका विभिन्न क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार १ सय ७४ जना आइसोलेसनमा उपचाररत रहेको प्रा.डा. गौतमले जनाएका छन् । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.03.28

Press Briefing on COVID-19 2077.03.28#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 12 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)