१७,३४४ पुगे संक्रमित : बिहीबार थपिए १६७, कूल डिस्चार्ज ११,२४९, ३९ पुगे मृतक (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १७,३४४ पुगेको छ । पछिल्लो २४ घन्टामा १६७ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएकामध्ये डिस्चार्ज हुनेको कूल संख्या ११,२४९ पुगेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २१३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । यतिबेला देशभरका विभिन्न क्वारेन्टाइनमा २३ हजार ५ सय जना छन् भने ६ हजार ५६ जना आइसोलेसनमा उपचाररत छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.04.01

Press Briefing on COVID-19 2077.04.01#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Jeudi 16 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)