१७४४५ पुगे संक्रमित : शुक्रबार थपिए १०१, कूल डिस्चार्ज ११५३४, मृतक ४० (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या १७,४४५ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ११,५३४ पुगेको छ भने कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुलीका १, काभ्रेका १, काठमाडौंका १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३, रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना संक्रमितको शुक्रबार पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सप्तरीका ७३ वर्षिय वृद्धको कोरोनाबाट मृत्यु भएको हो । डाइविटिज र मुटुका दीर्घरोगी ती वृद्ध ज्वरो र खोकीको समस्या देखिएपछि असार ३१ मा अस्पताल भर्ना भएका थिए ।

पछिल्लो २४ घन्टामा थप २ सय ८५ जना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । नेपालमा पुष्टि भएका कोरोना संक्रमितमध्ये हालसम्म ६६.१२ प्रतिशत निको भएको दावी मन्त्रालयले गरेको छ । देशभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४,६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । यतिबेला देशभरका विभिन्न क्वारेन्टाइनमा २२ हजार ७ सय ५७ जना छन् भने वििभन्न अस्पतालको आइसोलेसनमा ५ हजार ८ सय ७१ संक्रमित उपचाररत छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/2360245264277968/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)