उपत्यकामा ३ सहित थप १५६ मा काेराेना : १७६५८ कूल संक्रमित, ११६९५ डिस्चार्ज, ८ जिल्ला कोरोनामुक्त (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १७६५८ पुगेको छ । यीमध्ये ४० जनाको मृत्यु भैसकेको छ भने ११,६९५ जना डिस्चार्ज भएका छन् । ५,९६३ जना सक्रिय संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार कूल संक्रमितको ६६.२४ प्रतिशत डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न २७ प्रयोगशालाबाट ३,७४१ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौंका १ र ललितपुरका २ सहित देशभरका थप १५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररतमध्ये पछिल्लो २४ घन्टामा ५८ जना डिस्चार्ज भएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.04.04

Press Briefing on COVID-19 2077.04.04#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 19 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)