काठमाडौं–ललितपुरका ३ सहित थप १८६ मा कोरोना : कूल संक्रमित १७८४४, डिस्चार्ज ११८६८ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १७,८४४ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ११,८६८ पुगेको छ । संक्रमण पुष्टि भएकाामध्ये ४० को मृत्यु भैसकेको छ भने यतिबेला ५९३६ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंका २ र ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १७३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

४,२१६ जनाको पीसीआर परीक्षण भएको भएको र हालसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत डिस्चार्ज भएको प्रवक्ता गौतमले जनाएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.04.05

Press Briefing on COVID-19 2077.04.05#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Lundi 20 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)