राजधानीमा ९ सहित थप १४७ मा कोरोना : कूल संक्रमित १८२४१, डिस्चार्ज १२८४०, मृतक ४३ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,२४१ पुगेको छ । बिहीबार काठमाडौंका ५ र ललितपुर तथा भक्तपुरका २–२ गरी ९ सहित देशभरबाट १४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकामध्ये डिस्चार्ज हुनेको संख्या १२,८४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा ३,४८१ जनाको पीसीआर परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा आइसोलेसेनबाट १५६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जनाएका छन् ।

गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्जको माइस्थानका एक पुरुषमा कोरोना संक्रमणपछि मृत्यु भएको मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । उनको मंगलबार अपराह्न मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो मृत्युसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेहरुको संख्या ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 2077.04.08

Press Briefing on COVID-19 2077.04.08#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Jeudi 23 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)