काठमाडौंका ८ सहित १३० मा कोरोना : कूल संक्रमित १८६१३, डिस्चार्ज १३१२८, मृतक ४५ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,६१३ पुगेको छ भने यीमध्ये १३,१२८ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गइसकेका छन् । कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४५ पुगेको छ भने ५,४४० जना आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ८ सहित देशका विभिन्न भागबाट १३० जना थप संक्रमितको पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप ७५ जना आइसोलेसनबाट डिस्चार्ज भएको समेत प्रवक्ता गौतमले जनाएका छन् ।

लकडाउन खुलेयता गरिएको पीसीआर परीक्षणबाट औसतमा ३.३ प्रतिशतमा कोरोना देखिएको प्रवक्ता गौतमको भनाइ छ । मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा मोरङका सबैभन्दा धेरै (२६ जना) मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । त्यसपछि दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८–८, बर्दियाका ६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, कास्की, रोल्पा, सुर्खेत र बाजुराका ३–३, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेका २–२ तथा झापा, सिरहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरका १–१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.11

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.11#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 26 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)