उपत्यकाका ६ सहित १३९ मा कोरोना : कूल संक्रमित १८७५२, डिस्चार्ज १३७५४, मृतक ४८ (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,७५२ पुगेको छ । यीमध्ये १३७५४ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने ४८ जनाको मृत्यु भएको छ भने ४,९५० जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा उपत्यकाका ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित मेडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार ललितपुरका ३ र काठमाडौंका ३ सहित देशका विभिन्न ठाउँमा गरी १३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररतमध्ये पछिल्लो २४ घन्टामा ६२६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार प्रदेश– १ मा १९५, प्रदेश– २ मा १९११, बागमती प्रदेशमा ४०२ र गण्डकी प्रदेशमा २४४ जना, प्रदेश– ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा १,७४० जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । यतिबेला १६,३७१ जना क्वारेन्टाइनमा छन् ।

भिडियोमा हेर्नोस् प्रा.डा. गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.12

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.12#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Lundi 27 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)