काठमाडौंका ४१ सहित थप २७४ मा कोरोना : १९५४७ संक्रमित, १४,२४८ डिस्चार्ज, ५२ को मृत्यु (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोना संक्रमितको संख्या १९,५४७ पुगेको छ । यीमध्ये १४,२४८ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने ५२ को मृत्यु भएको छ । यतिबेला ५,२४७ जना आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप २७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणबाट २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालको आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा २२७ जना डिस्चार्ज भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिएका छन् । यतिबेला १३ हजार २ सय १ जना देशको भिभिन्न भागमा रहेका क्वारेन्टाइनमा छन् ।

बिहीबार पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाकै मात्र ४५ जना रहेको मन्त्रालयले जनाएएको छ । काठमाडौंका ४१ र भक्तपुर तथा ललितपुरका २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंका ४१ संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा १३, त्रिवि शिक्षण अस्पतालमा ४, नेपाल प्रहरी अस्पतालमा ३ र स्टार अस्पतालमा २ जनाको संक्रमण पुष्टि भएको हो ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.15

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.15#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Jeudi 30 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)